काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६१३ जना, भक्तपुरमा ११४ जना र ललितपुरमा १७७ जना कोरोना संक्रमित थपिएका हुन्।
कास्कीका १५५ सहित गण्डकीमा ५०८ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीमा ८४ जना पुरुष तथा ७१ जना महिला गरी १५५ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १३५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५०८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ।
कास्कीका १५५ सहित म्याग्दीका १७ जना, पर्वतका १ जना, गोरखाका ८४ जना, लमजुङका ११ जना, तनहुँका ६१ जना, बाग्लुङका ५८ जना, स्याङ्जाका ७७ जना र नवलपुरका ४४ जना गरी प्रदेशका ९ जिल्लामा २६४ पुरुष तथा २४४ जना महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार १५१ पुगेको छ। पछिल्लो २४ घण्टामा ६१० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७०० पुगेको छ।
गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १०५ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
