अब शुरुमा ८ लाख बुझाए सस्तो ब्याजदरमा नेक्सन ईभी किन्न पाइने

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रा.लि. र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ।

यस अनुसार अब टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन ईभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंक लिमिटेडको नेपालभरीका शाखाहरुमार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।

Advertisement

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन ईभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शून्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन्।

यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाइनान्सको सुविधा उपलब्ध गराउनेछ। एनएमबी बैंकले विद्युतीय सवारीका लागि बेस रेट ७.३३ प्रतिशत तोकेको छ।

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैंक लिमिटेडका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।

More News last news
Loading...