काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। आजको विनिमयदर अनुसार सोमबारको तुलनामा धेरै देशका मुद्राको भाउ ओरालो लागेको छ । राष्ट्र आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११९ रुपैयाँ २५ पैसा रहेको छ।
यूरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७८ पैसा रहेको छ। यूके पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ पैसा बिक्रीदर ३१ रुपैयाँ ८० पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ ३० पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८ पैसा तथा बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ ८९ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ३२ पैसा रहेको छ।
कुन देशको मुद्राको दर कति ?

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
