चीनको नान्जिङ सहरबाट फेरि फैलियो कोरोना भाइरस

काठमाडौं । चीनको नान्जिङ सहरबाट कोरोना भाइरस अन्य प्रान्तमा पनि फैलिएको छ। नान्जिङमा भाइरस फेला परेपछि अरु पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको छ। विज्ञले अहिलेको अवस्थालाई वुहानपछिको सबैभन्दा खराब अवस्थाको संज्ञा दिएका छन्।

गएको जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो। त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन्। सङक्रमण फैलिएका सहरमा व्यापक परीक्षण सुरु भएको छ।

Advertisement

सहरका ९३ लाख बासिन्दा र आगन्तुकको परीक्षण गरिने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ। कोरोना भाइरसको अतिसङ्क्रामक डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिएको हो।

भाइरस चङ्दु र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ। अहिले प्रारम्भिक चरण भएकाले नियन्त्रण गर्न सकिने विज्ञहरूले बताएका छन्।

सरकारी निकायले परीक्षण गराउन जाँदा मास्क लगाउन, एक मिटरको दूरीमा उभिन तथा पालो कुर्दा अरूसँग कुरा नगर्न आग्रह गरेका छन्। सङ्क्रमण भएका व्यक्तिले खोप लिएका थिए कि थिएनन् स्पष्ट भइसकेको छैन।

More News last news
Loading...