काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ। आज यूरोपियन यूरो बाहेक प्राय सबै देशका मुद्राको भाउ कमजोर बनेको छ ।
यूरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा रहेको छ। यूके पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ५० पैसा र बिक्रीदर १६६ रुपैयाँ ३४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा बिक्रीदर ३१ रुपैयाँ ७७ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ २८ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर २८ रुपैयाँ ११ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ ५३ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ४८ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ७ पैसा रहेको छ।
कुन देशको मुद्राको दर कति ?

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
