पोखरा । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ८३ जना पुरुष तथा ८५ जना महिला गरी १६८ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ९५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४२७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ।
कास्कीका १६८ सहित म्याग्दीका १८ जना, पर्वतका ४१ जना, गोरखाका ३१ जना, लमजुङका ९ जना, तनहुँका २७ जना, बाग्लुङका २१ जना, स्याङ्जाका ४३ जना र नवलपुरका ६९ जना गरी प्रदेशका ९ जिल्लामा २२२ पुरुष तथा २०५ जना महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६६ हजार ७१६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ४०३ पुगेको छ।
गण्डकीमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ८३ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
