आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। आज यूरोपियन यूरो बाहेक प्राय देशहरुको विनिमयदर घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ।

Advertisement

यूरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३ पैसा तथा बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ ७९ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ४७ पैसा रहेको छ।

कुन देशको मुद्राको दर कति ?

More News last news
Loading...