काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। आज अमेरिकी डलरसहित धेरै देशका मुद्राको भाउ बढेको छ भने यूरोपियन यूरो र बेलायती पाउण्ड घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ।
यूरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४ पैसा र बिक्रीदर १४० रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५९ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६९ पैसा बिक्रीदर ३१ रुपैयाँ ८५ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८ पैसा तथा बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ तथा बिक्रीदर ३९७ रुपैयाँ रहेको छ। बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ १४ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ७३ पैसा रहेको छ।
कुन देशको मुद्राको दर कति ?

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
