गण्डकी र लुम्बिनी प्रदेश प्रमूखमा पृथ्वीमान गुरुङ र अमिक शेरचन नियुक्त

काठमाडौं । सरकारले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई प्रदेशका प्रदेश प्रमुखहलाई हटाएर गुरुङ र शेरचनलाई नियुक्त गरेको हो।

ओली सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर सीताकुमारी पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

Advertisement

उही ठाउँमा शेरचन प्रदेश प्रमुखमा नियुक्त हुने भनिए पनि उनी लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

उता, गण्डकीमा प्रदेश प्रमुख सीता कुमारीलाई हटाएर पृथ्वीमान गुरुङलाई ल्याइएको छ भने लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई प्रदेश प्रमुख बनाइएको छ।

संविधानको धारा १६३ को उपधारा ४ मा एकै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन नसक्ने प्रावधानका कारण शेरचनलाई लुम्बिनी प्रदेशमा पठाइएको छ ।

More News last news
Loading...