काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तैगरी, यूएर्इ दिराम एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ ७८ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ६ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ६५ पैसा रहेको छ ।
कुन देशको मुद्राको दर कति ?

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
