स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले यसै शैक्षिक सत्बाट नैतिक शिक्षा लागू गर्ने प्रतिबद्धता जनाएको छ।
विश्व हिन्दू युवा संघ स्याङ्जाले विद्यालय तहमा नैतिक शिक्षा लागू गराउन विभिन्न पालिकाहरुमा ज्ञापनपत्र बुझाउने क्रममा भीरकोट पुगेको उक्त संघको टोलीलाई नगरपालिका नगर प्रमुख छाया राम खनालले नैतिक शिक्षा यसै शैक्षिक शत्रबाट लागु गराउने प्रतिवद्धता जनाएका हुन्।
नगर प्रमुख खनालले “नैतिक शिक्षा यसै शैक्षिक शत्रबाट लागु गराउने प्रतिवद्धता जनाउनु भएको छ र शिक्षा शाखालाई लागू गराउन निर्देशन समेत दिएको” विश्व हिन्दू युवा संघ, स्याङ्जाका अध्यक्ष नवराज पौडेलले बताए।
नगर प्रमुख खनालले अहिलेको अवस्थामा नैतिक शिक्षा अपरिहार्य रहेको र सबैलाई यसको महत्त्वबारे महशुस पनि हुँदै आएको बताए ।
विश्व हिन्दू युवा संघ स्याङ्जाले केही समयदेखि यहि शैक्षिक शत्रबाट जिल्लाका सबै स्थानीय तहमा नैतिक शिक्षा लागू गर्न माग गर्दै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
