दुलेगौँडा । नेपाली कांग्रेस तनहुँका नेता तथा संविधानसभा सदस्य ध्रुव वाग्ललेले शुक्लागण्डकी १ थप्रेकको स्वास्थ्य चौकीलाई इलेक्ट्रोनिक अक्सिजन मेसिनसहित २ हजार प्रति माक्स र सेनिटाइजरलगायत स्वास्थ्य सामाग्री वितरण गरेका छन्।
शनिबार शुक्लागण्डकीको दुर्गमा क्षेत्रमा पर्ने वडा नम्बर १ थप्रेकको स्वास्थ्य चौकीमै पुगेर नेता वाग्लेले उक्त स्वास्थ्य सामाग्री वडाध्यक्ष रविचन्द्र पौडेललाई हस्तान्तरण गरे।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाको सक्रियतामा ताइवानको जोए फाउन्डेशनको तर्फबाट सहयोगमा आएको सामाग्री आफुँले गृह जिल्लाका दुर्गम मध्यका स्वास्थय चौकीमा वितरण गरेको नेता वाग्लले नयाँ पुस्तालाई बताए।
उनका अनुसार भीमानद नगरपालिका–१ को स्वास्थ्य चौकीलाई पनि सोही विवरणका सामाग्री र अक्सिजन कन्सन्टेटर वितरण गरिँदै छ।
दोस्रो संविधानसभा सदस्य तथा नेपाली कांग्रेसको संसदीय दलका सचिवसमेत भइसकेका वाग्ले गत प्रदेशसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ को (ख) मा झिनो मतले उपबिजेता बनेका थिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
