कम्पाला । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति युगान्डाको जुलाइ २३ मा सम्पन्न राष्ट्रिय अधिबेशनले बिनोद थापालाई सन २०२१/०२३ का लागि सर्बसम्मत रुपमा पुनः अध्यक्षमा निर्बाचित गरेको छ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा धनराज गिरि, उपाध्यक्षमा रमा अर्याल, महिला उपाध्यक्षमा सीता कुमारी श्रेष्ठ, महासचिवमा राजु थापा, सचीवमा निकु केसी, कोषाध्यक्षमा मनिषा राना मगर, युवा संयोजकमा श्रवण झा चयन भएका छन्।
यस्तै, महिला संयोजकमा नियोमुबेयी रायसा पान्डे, प्रबक्तामा तेज बहादुर खड्कालाई चयन गरेको प्रमुख अनुगमनकर्ता एब पुर्व अध्यक्ष रमेश कंडेलले जानकारी दिए।
त्यसैगरी कार्यकारी सदस्यहरुमा शिवदत्त सुवेदी, श्याम प्रसाद थापा, सोमनाथ लुइँटेल (रबि) र डिल्ली भुषाल निर्बाचित भएका छन्।
आज आयोजित उक्त अधिबेशनको निर्वाचन समितीमा प्रमुख रमेश कंडेल र सदस्यहरूमा जिवनाथ पङ्गेनी र गरिमा बस्नेत रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
