काठमाडौँ । मलेसियाबाट एकै दिन २४ शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । रोजगारीका क्रममा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज (शनिबार) बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाल ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ। विदेशमा मृत्यु भएका नेपाली कामदारमध्ये अधिकांशको मुटुसम्बन्धी विभिन्न कारणले ज्यान जाने गरेको पछिल्लो आँकडाहरूमा देखिएको अधिकारीहरूले बताएका छन्।
गत आर्थिक वर्ष १ सय २८ जनाको यस खाले समस्याका कारण मृत्यु भएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ।यसरी विदेशमा ज्यान जाने जोखिम कम गर्न भन्दै सरकारले कामदारका लागि विशेष अभिमुखीकरण तालिम दिने र रोजगारदाता मुलुकमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने गृहकार्य भइरहेको जनाएको छ।
तर नेपाली कामदारको अवस्था सुधार्न पर्याप्त कदम नचालेको भन्दै सरकारी निकायहरुको तीव्र आलोचना भएको छ।
करिब ७०० जनाको विदेशमै मृत्यु
गत आर्थिक वर्ष ५ लाखभन्दा बढी नेपाली मलेसिया र तथा खाडी मुलुकका विभिन्न देशमा रोजगारीका लागि गएको सरकारी तथ्याङ्कले देखाउँछ। तीमध्ये करिब ७०० जनाको विदेशमै रहँदा विभिन्न कारणले मृत्यु भएको जनाइएको छ।
तीमध्ये हृदयाघात र मुटुले अकस्मात् काम गर्न छाड्ने ‘सडन कार्डियाक अरेष्टका कारण १२८ जनाको मृत्यु भएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ। यस्तै करिब १ सय जनाको सडक दुर्घटनामा ज्यान गएको सरकारी विवरण छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
