आईपीओ निष्काशनको तयारीमा एक हाइड्रोपावर र दुई लघुवित्त वित्तीय संस्था

काठमाडौँ । एक हाइड्रोपावर र दुई लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन्।

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्।

Advertisement

मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।

यस्तै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशनको लागि आवेदन दिएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्थाले पनि ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

More News last news
Loading...