एनआरएनए टर्कीको कार्यसमिति सर्वसहमत, अध्यक्षमा पुनः घिसिङ

इस्तानबुल । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) टर्कीमा सर्वसहमत नयाँ कार्यसमिति चयन भएको छ।

निर्वाचन समितिले सार्वजानिक गरेको उम्मेदवारको नामवाली अनुसार सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो।

Advertisement

कार्यसमितिको प्रथम उपाध्यक्षमा श्याम कला राई, द्वितीय उपाध्यक्षमा तिला श्रेष्ठ, तृतीय उपाध्यक्षमा तिल बहादुर घर्तीमगर, महासचिवमा विनोद पौड्याल, प्रथम सचिवमा मोहम्मद जावेद अन्सारी, द्धितीय सचिवमा गीता लिम्बू गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सहकोषाध्यक्षमा सोनाम छोटी शेर्पा निर्वाचित भएका छन्।

यस्तै युवा संयोजकमा सुजन बन्जारा भाट र महिला संयोजकमा मन्दिरा खत्री चयन भएका छन्। निर्वाचित कार्यसमिति सदस्यहरुमा टेक बहादुर पुन मगर,पूजा लामा राई,सविता तामाङ र डम्बर कुमारी बास्कोटा रहेका छन्।

त्यसैगरी प्रवक्ता, वैदेशिक रोजगार विभाग संयोजक तथा अन्य चार सदस्य भने अधिवेशनपछि कार्यसमितिको सिफारिसमा अध्यक्षले मनोनित गर्ने बताइएको छ।

More News last news
Loading...