दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ७ स्थित सेराटारमा अवस्थित बहुराष्ट्रिय सुर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिकाको कोरोना राहत कोषमा ३० लाख रुपैया सहयोग गरेको छ।
आइतवार कम्पनीका कारखाना व्यवस्थापक बाबुराम कार्कीले मेयर किसान गुरुङ र उपमेयर सविता रसाईलीलाई सो रकम बराबरको चेक प्रदान गरेका हुन्। सो अवसरमा नगरका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, कम्पनीका मानव संसाधन प्रमुख अन्जन दुवाडी लगायतको सहभागिता रहेको थियो।
मेयर गुरुङले सहयोग रकम उचित ठाउँमा उपयोग गरिने प्रतिवद्धता व्यक्त गरे। आइतवार कम्पनीले म्याग्दे गाउँपालिकालाई २० लाख रुपैया प्रदान गरेका थियो भने एक वर्षअघि शुक्लागण्डकी कोरोना राहत कोषमा १० लाख रुपैया सहयोग गरेको थियो । साथै सात वटै प्रदेशमा एक–एक करोड प्रदान गरेको थियो।
सूर्य नेपाल प्रा.लि. ले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको कारखाना व्यवस्थापक कार्कीले बताए। कम्पनिले गत वर्ष म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो।
कोभिड–१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानियबासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी बिरुद्ध लड्न सहयोग गर्दै आईरहेको उनले जानकारी दिए। सिमरामा मुख्य कारखाना रहेको सुर्य नेपालले शुक्लागण्डकीमा २०७१ सालमा उद्योग सञ्चालन गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
