तनहुँ । म्याग्दे गाउँपालिका-६ स्थित अकला मन्दिरबाट ५ केजीको कालीमाताको मूर्ति १ थान, १ केजीको कालीमाताको मूर्ति १ थान, १ केजी दुर्गा माताको मूर्ति १ थान र १ केजी गणेशको मूर्ति १ थान, शंख १ थान र तरवार १ थान सोमबार राति चोरी भएको छ।
च्यानल गेटको ताला लगाउने चुक्कुल काटी पित्तलले बनेका उक्त मूर्तिहरु लगायतका सामान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

सुनका बाला लुटपाट
काठमाडौं मित्रपार्कस्थित मानसरोबर होटलमा बस्नका लागि बा.२ ज ३५९० नम्बरको ट्याक्सीमा जाँदै गरेका झापाका ४१ वर्षीय मात्रिका चौलागाई र नवलपरासीका ३० वर्षीय बिजय पुलामी मगरको ५०/५० ग्रामको १र१ थान सुनको बाला सोमबार राति लुटपाट भएको छ ।
कतारबाट आई होटल अगाडि पुगेका उनीहरुलाई हाल अल्फाबेट नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तहरुले सुनको बिल चेक गर्नुपर्यो भन्दै बाला लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सोही ट्याक्सीका चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-२८ ज्ञानेश्वरस्थित सडकमा बैदेशिक रोजगारीबाट फर्केका झापाका ३४ वर्षीय गणेश नेपालको ५० ग्रामको १ थान सुनको बाला सोमबार राति लुटपाट भएको छ ।
भाइ नाता पर्नेसँग बा.९२ प.३७१८ नम्बरको मोटरसाइकलमा डिल्लीबजार कालीकास्थानतर्फ आउने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त सुनको बाला लुटपाट गरी फरार भएको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
