काठमाडौँ । नयाँ आर्थिक वर्षको कारोबार भएको पहिलो दिन आज शेयर बजार परिसूचक मापक नेप्से ९७ अङ्कले बढेको छ। नेप्से ९७ दशमलव २१ अङ्कले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको हो।
आज बैंकिङ्ग ९२, व्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २ सय ३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४ सय ४१, उत्पादन १ सय ६५, माइक्रोफाइनान्स १ सय ९०, जीवन बीमा ६ सय ४८ र अन्य १९ अङ्कले बढेको छ।
आज २ सय २१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ।
आज हिमालय पावर लिमिटेड, सिँगटी हाइड्रो लिमिटेड, सिन्धु विकास बैंक, नाङ्ग्दी ग्रुप पावर र समृद्धि फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
अघिल्लो आर्थिक वर्षको अन्तिम दिन बिहिवार शेयर बजारमा परिसूचक र कारोबार रकम दुवैमा सुधार आएको थियो। बिहिवार ८ अर्ब १४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
