काठमाडौँ । सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि भोलि रेल्वे ट्रयाकको स्पीड परीक्षण गर्ने तयारी भएको छ।जनकपुर–जयनगर रेल्वे ट्रयाकमा भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए।
उनले स्पिड परीक्षणका लागि आइतबार रेल्वे ट्रयाक खाली गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेका छन् । ट्रयाक आसपासका बस्तीमा माइकिङ समेत गरिएको छ।
गत वर्ष असोजमा आएको थियो रेल
जनकपुर–जयनगर रुटमा चल्ने रेल गत असोजको पहिलो साता नै नेपाल आइपुगेको थियो । नियमित सेवा दिन भन्दै तत्कालिन ओली सरकारले महंगो मूल्यमा रेल किनेर ल्याएको भएपनि अहिलेसम्म सञ्चालनमा आएको छैन ।
रेलको सशस्त्र प्रहरी बलले सुरक्षा गरिरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । जनकपुर जनयनगर रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासबाट ल्याइएको थियो ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
