पोखरा । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीमा ५० जना पुरुष तथा ४२ जना महिला गरी ९२ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ४५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २६८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ।
कास्कीका ९२ सहित म्याग्दीका ३ जना, गोरखाका ५५ जना, लमजुङका १८ जना, तनहुँका ३१ जना, बाग्लुङका ९ जना, स्याङ्जाका १ जना र नवलपुरका ५९ जना गरी प्रदेशका ८ जिल्लामा १३४ पुरुष तथा १३४ जना महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार १६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ३६४ पुगेको छ।
गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २० पुगेको छ।
३ जनाको ज्यान गयो
गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । मृतकहरु मध्ये २ जनाको पोखराका अस्पतालहरुमा र १ जनाको चितवनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज पुष्टि गरेको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २० पुगेको निर्देशनालयले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
