आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, मुख्यसचिवको ६७ हजार बढी, कसको तलब कति ?

काठमाडौं । आजबाट मासिक २ हजार रुपैयाँले सरकारी कर्मचारीको तलब वृद्धि भएको छ । यसअघिको केपी ओली नेतृत्वको सरकारले २०७८ साउन १ गतेदेखि सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गर्ने बजेटमा प्रस्तुत गरेको थियो । यससँगै आजबाट सरकारी कर्मचारीको तलब बढेको हो।

निवर्तमान अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणमा २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरेको बताएका थिए ।

Advertisement

कस्को कति तलब वृद्धि ?

बजेटमा २ हजार रुपैयाँका दरले वृद्धि साउन १ गतेदेखि मुख्यसचिवको तलब ६७ हजार १३६ पुगेको छ । हाल मुख्यसचिवको तलब ६५ हजार १३६ तोकिएको थियो । सचिवको तलब ६० हजार ६७६ बाट बढेर ६२ हजार ६७६ पुगेको छ ।

त्यस्तै, सहसचिवको ४७ हजार ३७७ बाट बढेर ४९ हजार ३७७, उपसचिवको ४० हजार ३८० बाट बढेर ४२ हजार ३८०, शाखा अधिकृतको ३५ हजार ९९० बाट बढेर ३७ हजार ९९०, नायब सुब्बा ९अतिरिक्त तलबमान० को ३० हजार ८१६ बाट बढेर ३२ हजार ८१६ पुगेको छ ।

यसैगरी नायब सुब्बाको २८ हजार २०० बाट बढेर ३० हजार २००, खरिदार (अतिरिक्त तलबमान) २७ हजार ५६४ बाट बढेर २९ हजार ५६४ र खरिदारको २६ बाट ६०४ बढेर २८ हजार ६०४ पुगेको छ ।

सरकारले २ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढाएको छ । २ वर्षदेखि तलब वृद्धि नगरेको सरकारले हाल तलबमा वृद्धि गरेको छ ।

यसैगरी कर्मचारीहरुलाई वर्षदिनमा घुमघामका लागि विदा दिने पनि सरकारले बजेटमा भनेको छ । अब वर्षेनी कर्मचारीले १० दिन भ्रमण बिदा पाउनेछन् । तलब वृद्धि गरेको सरकारले कर्मचारीको १ लाखको स्वास्थ्य बीमाको पनि व्यवस्था गरेको छ ।

More News last news
Loading...