काठमाडौं । लायन्स क्लब अफ तनहुँ खैरेनीटारले बाढी र पहिरो पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ।
क्लबका खैरनीटार अध्यक्ष पिताम्बर तिम्सिना ज्यूको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीक क्लस्टर चिफ सन्तोष घिमिरेको हातबाट पीडित शुक्लागण्डकी-७ काउरे निवासी बिष्णु बहादुर नेपालीलाई बत्तीस हजार पांच सयको चेक हस्तान्तरण गरिएको हो।
कार्यक्रममा क्लस्टर चिफ सन्तोष घिमिरे, रिजन चियर पर्सन प्रदीप थापा, क्लबका संस्थापक अध्यक्ष समुन्द्र राम श्रेष्ठ, पुर्व अध्यक्ष सुजित हिराचन, निवर्तमान अध्यक्ष राज बहादुर थापाले सहयोग गरेका थिए।
यस्तैगरी, अध्यक्ष पिताम्बर तिम्सिना, क्लबका पदाधिकारी एवं सदस्यहरु मध्ये नारायण पोखरेल, प्रमोद लामिछाने, महेश बस्नेत, सुरेन्द्र श्रेष्ठ, अमृत कायस्थ, बुद्धि कुमार श्रेष्ठ (सुवास), सुन्दर बत्स्याल, शेषकान्त पौडेल, श्रीराम सुवेदी, लिलकुमार श्रेष्ठ र स्थानीय समाजसेवी खिमलाल गिरि, रामचन्द्र पौडेल लगायतका महानुभावहरुबाट संकलित रकम हस्तान्तरण गरिएको क्लवका सदस्य पोखरेलले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
