आज १६ अङ्कले बढ्यो शेयरबजार, साढे पाँच अर्बको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ। जीवन बीमाबाहेक अरु सबै समूहको शेयर बढेपछि नेप्से १६ दशमलव ३४ अङ्कले बढेर दुई हजार आठ सय ७१ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ।

आज बैंकिङ्ग समूहको शेयर १४ अङ्कले विकास बैंक समूहको शेयर ७० अङ्कले, व्यापारको आठ, होटलको १९, उत्पादनको पाँच र अन्य समूहको शेयर आठ अङ्कले बढेको छ।

Advertisement

यस्तै जलविद्युत समूहको शेयर १४ अङ्कले, फाइनान्सको ९३ अङ्कले, माइक्रोफाइनान्सको ३४ अङ्कले र निर्जीवन बीमा समूहको शेयर १४ अङ्कले बढेको छ । दुई सय २३ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएका छन्।

सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ४५ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। सेन्ट्रल फाइनान्ससहित ६ वटा कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि सानिमा लार्ज क्याप फण्डको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ।

More News last news
Loading...