पोखरा । विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा विद्यालय तहमा नैतिक शिक्षा लागू गर्न वालिङ नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ।
विश्व हिन्दू युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलको नेतृत्वमा गएको समुहले नगर प्रमुख दिलीप प्रताप खाँडलाई ज्ञापन पत्र बुझाएको हो ।
अध्यक्ष पौडेलले यसै शैक्षिक सत्रबाट नैतिक शिक्षा विद्यालय तहमा लागू गर्न नगर प्रमुख समक्ष अपील गरेको बताएका छन्।
उनले समाजमा नकारात्मक सोच विकास भएको र यसलाई न्यूनीकरण गर्न नैतिक शिक्षा आवस्यक रहेको पनि बताए ।
ज्ञापन पत्र बुझाउन विश्व हिन्दू युवा संघका केन्द्रीय सदस्य दण्डपानी पंगेनी, प्रज्वल रनपाल, कुशल बस्याल, सरोज सुवेदी, सुमन ठकुरी लगायतको उपस्थिति रहेको थियो। नैतिक विषय लागू गराउन नगर प्रमुख दिलीप प्रताप खाँड सकारत्मक रहेको विश्व हिन्दू यूवा संघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
