काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त कम्पनीको आईपीओ भोलि असार २८ गते बाँडफाँड हुने भएको छ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार असार २८ गते बुधबार विहान ९ः३० बजे कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाडँफाँड हुने भएको हो।
लघुवित्तले गत असार १८ गते बिहीबारदेखि १ सय रुपैयाँ दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता प्राथमिक सेयर जारी गरेको थियो।
जसमध्ये, ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागी खुल्ला गरेको थियो।
उक्त आइपीओमा माग गरेभन्दा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता सेयर खरिदका लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबीले जनाएको छ।
यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो। लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ।
निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन्।
त्यस अनुसार ९८.१० प्रतिशत भन्दा धेरैले शेयर नपाउने देखिएका छन्। लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
