तपाईंले डिम्याट खाता नवीकरण गर्नुभयो ?

काठमाडौँ । आर्थिक वर्ष अन्त्य हुन लगेको छ। नयाँ आर्थिक वर्ष २०७८–७९ सुरु हुन अब ६ दिन बाँकी छ। तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने बेला भयो यसबारे जानकारी राख्नैपर्छ।

अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो। सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ। निर्धारित समयमा नवीकरण शुल्क बुझाएन भने त्यति बेलासम्म खाता नै रोक्का हुन्छ।

Advertisement

यस कारण तपाईंले असार मसान्तभित्र डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ। खाता नवीकरण नगरेमा सबै ब्यालेन्स फ्रिज भएर बस्छ। फ्रिज ब्यालेन्समा बसेपछि तपाईंले आईपीओ भर्न सक्नुहुन्छ तर त्यसबाहेक बेच्न वा ट्रान्सफर गर्न भने पाउनुहुन्न।

तपाईं अब नवीकरणका लागि सम्बन्धित संस्थासम्मै धाउनै पर्दैन। अनलाइनबाटै घरमा बसेर नवीकरण गर्न सकिन्छ। खाता नवीकरणका लागि लगानीकर्ताले खल्ती, फोन पे, कनेक्ट आईपीएस, ई–सेवामार्फत पनि शुल्क भुक्तानी गर्न सक्छन्।

सीडीएसले मेरो सेयर एपमा नै उक्त सुविधा राखिदिएको छ। तपाईंले १ वर्षभन्दा धेरै वा ५ वर्षदेखि १० वर्षसम्मका लागि पनि नवीकरण गर्न सक्नु हुनेछ।

यसरी गर्नुस् अनलाइनबाटै नवीकरण

अनलाइनमार्फत डिम्याट खाता र मेरो सेयर नवीकरण गर्नका लागि सबैभन्दा पहिले मेरो सेयरमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस्। त्यसपछि दायाँ भागको माथिपट्टि आफ्नो नाम भएको ठाउँमा गएर क्लिक गर्नुहोस्।

त्यसको तलपट्टि ‘मेरो सेयर एक्सपायर डेट’ र ‘डिम्याट एक्सपायर डेट’ देखिनेछ। त्यहाँ गएर ‘रिन्यु अकाउन्ट’ मा क्लिक गर्नुहोस्। अब त्यहाँ ई–सेवा, खल्ती, आइएमई पे, कनेक्ट आइपीएसको लिङ्क देखिनेछ।

तपाईंले कुन माध्यमबाट भुक्तानी गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोस्। आफूले छानेको मध्यममा क्लिक गर्नुहोस्। त्यहाँ मेरो सेयर, डिम्याट खाता र मेरो सेयर र डिम्याट (एकै ठाउँ) मा आउँछ। यदि दुवै नवीकरण गर्ने हो भने दुवै एकै ठाउँमा आएकोमा क्लिक गर्नुहोस् होइन भने मेरो सेयर र डिम्याट कुन गर्ने हो एउटा क्लिक गर्नुहोस्।

अहिले डिम्याट खाता नवीकरण गर्ने समय भएकाले डिम्याट खाता नवीकरणमा जाऊँ। अब यहाँ तपाईंलाई ‘प्लिज इन्टर द नम्बर अफ इयर्स’ भन्ने अप्सन आउँछ। यो भनेको तपाईंले कति वर्षका लागि डिम्याट खाता नवीकरण गर्न लाग्नु भएको हो, त्यो नम्बर राख्ने हो। कति वर्षको लागि गर्ने हो, त्यो राखेपछि पैसा आउँछ। त्यसपछि तल ‘प्रोसिड’ भन्ने अप्सन आउँछ, त्यहाँ क्लिक गर्नुहोस्।

त्यसपछि आफ्नो अकाउन्ट खोल्नुपर्छ। सबै राखेपछि कन्टिन्यु पेमेन्टमा क्लिक गर्ने, त्यसपछि तपाईंको ट्रान्जेक्सन डिजेट र युजर डिटेल आउँछ। अनि कन्टिन्यु पेमेन्ट गर्ने।

अब तपाईं पेमेन्टको लागि ठीक छ भन्ने लाग्यो भने कन्फर्म गरिदिनुस्। त्यसपछि पेमेन्ट ‘सक्सेसफुल’ भनेर डिम्याट नवीकरणको स्लिप आउँछ। हाल डिम्याट खाता साढे ३६ लाख भन्दा बढी भइसकेका छन्।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क १ सय रुपैयाँ र मेरो सेयर प्रयोगकर्ताले थप वार्षिक ५० रुपैयाँ तिनुपर्ने हुन्छ।

मेरो सेयरको हकमा यो सुरु गरेको १ वर्षमा नवीकरण गर्ने हो भने डिम्याट खाता जहिले खोलेको भए पनि असार मसान्तसम्म नवीकरण गर्नुपर्छ।

More News last news
Loading...