काठमाडौँ । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ जारी गर्न लागेको हो।
आईपीओ निष्काशनका लागि संस्थाले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ। संस्थाका कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईं ठकुरीका अनुसार आईपीओ निष्काशनका लागि गत ६ गते नै बोर्डमा निवेदन दिएको थियो।
अब बोर्डले अनुमति दिएपछि संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।
लघुवित्त वित्तीय संस्था कति प्रकारका छन् ?
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारमा वर्गीकरण गर्न सकिन्छ।
खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछन।
साथै, लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर तिनीहरूबाट नियमित रुपमा बचत संकलन गरेको रकम र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्ग शीर्षकमा सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा तथा स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने कार्य गर्दछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
