आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) पनि नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ।

बिहीबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १३ सय १० रुपैयाँ कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

More News last news
Loading...