पोखरा। नेपाली काँग्रेस कास्कीले क्रियाशील सदस्यको वितरण केन्द्रीय कार्यालयलाई बुझाएको छ। कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो।
टोलीमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता नवीन सिग्देल रहेका थिए । कास्की काँग्रेसले नयाँ र पूराना गरी १९ हजार एक सय ४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको हो।
टोलीले पार्टीका केन्द्रीय नेताहरुसँग भेटघाट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी १४ औं महाधिवेशन बारे छलफल गरेको थियो।
देशकै जेठो प्रजातान्त्रिक दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ।
अहिले काँग्रेसले देशैभर क्रियाशील सदस्यतासम्बन्धी कार्य टुङ्ग्याउने र अन्य तहका अधिवेशन तयारी गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
