काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) पनि नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ।
बुधबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १३ सय २० रुपैयाँ कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
