लायन्स र लियो क्लव मिलेर तनहुँको खैरेनीटारमा बृक्षारोपण

काठमाडौँ । लायन्स क्लव अफ तनहुँ खैरेनीटार र लियो क्लव अफ खैरेनीटार दुलेगौंडाको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

दुई संस्थाको संयुक्त आयोजनामा सरस्वती नमुना मा.वि.खैरेनीटारमा गरिएको वृक्षारोपण कार्यक्रममा मोडल भिलेज तनहुँका सम्योजक ला. कृष्ण प्रसाद पौड़ेल ज़्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ तनहुं खैरेनीटार क्लबका अध्यक्ष पिताम्बर तिमिल्सिनाले गरेका थिए।

Advertisement

कार्यक्रममा बिभिन्न फलफुल आंप, लिची,अमला, तेजपत्ता गरी ४० बिरुवा जोगाउन ट्री गार्ड सहित बृक्षारोपण गरिएको थियो।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष श्री राम बहादुर छेत्री, जिएलटी समन्वयकर्ता ला सुजित हिराचन, डिस्टीक पिआरो ला समुन्द्रराम श्रेष्ठ लगायत लायन तथा लियोका लीडरहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ला नारायण पोख्रेल ज्युले स्वागत मन्तव्य, ला श्रीराम सूबेदी ज्युले धन्यवाद मन्तव्य, ला प्रमोद लामिछाने ज्युले झण्डाको अभिवादन र ला. महेश्वर बस्नेत ज्युले कार्यक्रम संचालन गरेका थिए।

More News last news
Loading...