काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) नेपाली बजारमा सुनको भाउ स्थिर छ।
आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
