काठमाडौँको कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। सोमबार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र विन्दू काठमाडौँको कुलेश्वर भएको जानकारी दिएको छ।

Advertisement

केन्द्रले ३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जानकारी दिएको छ। कुलेश्वरमा गएको पराकम्प केही दिनअघि लमजुङ केन्द्रविन्दू भएर गएको भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

जेठ ५ गते लमजुङ आसपास केन्द्र बिन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले केही घर भत्किएका थिए भने केही मानिस घाइते समेत भएका थिए।

त्यसपछि असार १५ गते शंखुवासभा र असार १८ गते बझाङ केन्द्र विन्दू भएर क्रमशः ४ म्याग्नेच्यूड र ४ दशमलव १ म्याग्नेच्यूडको भूकम्प गएको पनि भूकम्प मापन केन्द्रले जनाएको छ।

More News last news
Loading...