काठमाडौँ । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारण सभाले १७.८९४७ प्रतिशत लाभांश पारित गरेको छ। कोष संचालक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो।
सभाले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।
योसँगै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ।
कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफ्नै भवन भित्रबाट सभा संचालन गरेको थियो।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तु स्थिती बारे जानकारी दिएका थिए । चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले खर्ब ७२ अर्व रकम संकलन र १ खर्ब ७१ अर्व ९७ करोड लगानी गरेको छ।
यस आवमा कोषको पुँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरू, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भइरहेका छन् ।
कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ ।
कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरीसकेको जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
