काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुनको भाउ थोरै घटेको छ।
सोमबार स्थिर रहेको सुनको भाउ आज भने प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
