काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ।
बुधबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
