बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा युवतीको ज्यान गयो

काठमाडौँ । काठमाडौँको बालाजुमा भएको सवारी दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ। बालाजुस्थित सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा७८ प ८३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-५ लोलाङ हाइट बस्ने गोरखा, भीमसेन गाउँपालिका-७ घर भएकी २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सीताराम परियारको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका ८ तिलाचौरस्थित सडकमा म १ प ८५८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने २२ वर्षीय गणेश नाथको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शम्भुराज जोशीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि धनगढीतर्फ रिफर गरिएको छ। मोटरसाइकलमा सवार घाइते भएका केशव सिंह उपचार पश्चात डिस्चार्ज भएका छन्।

More News last news
Loading...