काठमाडौँ । अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई थप १ करोड ६० लाख खोप दिने भएको छ। अमेरिकाले वितरण गर्न लागेको ५ करोड ५० लाख खोपमध्ये नेपाललगायत एसियाली मुलुकका लागि १ करोड ६० लाख खोप छुट्याइएको हो।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप वितरणको विस्तृत विवरण सोमबार सार्वजनिक गरेको छ।
यसमध्ये नेपालले कति पाउँछ भनेर चाहिँ छुट्याइएको छैन। सबै खोप कोभ्याक्स सुविधाबाट प्रदान गरिने ह्वाइट हाउसले जानकारी दिएको छ।
अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिने भएको छ। बाँकी २५ प्रतिशत खोप सोझै सम्बन्धित मुलुकलाई दिने तयारी भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
यसअघि गत जेठ २० मा पनि अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई ७० लाख खोप दिने घोषणा गरेको थियो। कोभिड-१९ बिरुद्धको लडाइँमा अमेरिकाले ८ करोड डोज खोप वितरण गर्ने लक्ष्य लिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
