काठमाडौँ । स्याङ्जाका स्थानीय तहहरु विद्यालय तहमा नैतिक शिक्षा लागू गर्न सकारात्मक देखिएका छन्।
विश्व हिन्दू युवा संघ स्याङ्जा द्वारा विद्यालय तहमा नैतिक शिक्षाको आवश्यकता विषयक भर्चुअल अन्तक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा बुद्धिजीविहरुले विद्यालय तहमा नैतिक शिक्षा लागू गर्न सकारात्मक देखिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्गजा सीता सुन्दासले अब नेपाल ले पूर्वीय दर्शनको बाटो आँगाल्न पर्ने कुरा व्यक्त गरेकी थिईन् । उहाले अब हरेक व्यक्तिले नैतिक शिक्षा लिन आवस्यक रहेको कुरा व्यक्त गरिन् ।
उनले विश्व हिन्दू युवा संघ स्याङ्जाले गरेको काम प्रति पसंसा र नैतिक शिक्षा लागू गर्ने विषयमा आफू हरु गम्भीर भएको बताईन्। विशिष्ठ अतिथि भिरकोट नगर प्रमुख छाया राम खनाल ले नैतिक शिक्षा अहिलेको आवश्कता रहेको र यसलाई आफूले लागू गर्ने कार्यमा अगाडि बढेको कुरा व्यक्त गरे ।
विश्व हिन्दू युवा संघ स्याङ्जाले गरेको कार्य प्रति प्रसंसा गरे । यस्तै वालिङ नगर प्रमुख दिलीप प्रताप खाँड ले आध्यात्मको विकासले नाई नैतिकता सिकाउँने बताए ।
यस्तै कालीगण्डकी गाउँपालिका प्रमुख खिन् बहादुर थापा ले कालीगण्डकी गाउँपालिका ले नैतिक शिक्षाको बिहानको समयमा विद्यालय मा दिने गरेको र आगामी दिन झन् राम्रो संग दिने प्रतिवद्धता जनाए। यस्तै विश्व हिन्दू युवा संघ का केन्द्रिय अध्यक्ष ऋषिकेश जंग शाह ले नैतिक शिक्षा स्याङ्जा बाट लागु गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरे।
भीरकोट नगर प्रवक्ता दीपेन्द्र केसीले नैतिक शिक्षा विधायलयमा लागू गराउन आफूले हरपल सहयोग गर्ने कुरा व्यक्त गरे।
यस्तै गुरु चैतन्य कृष्ण ले पालिका प्रमुख हरुले विद्यालय स्तरमा नैतिक शिक्षा लागू गर्ने कार्य गर्नु पर्ने काम तपाईहरुको भएको र यो यसलाई सफल बनाउन आग्रह गरेका थिए। कार्यक्रममा अध्यक्ष नबराज पौडेल ले नैतिक शिक्षा लाई स्याङ्जा जिल्ला भरि लागू गराउन सबैलाई आग्रह गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
