ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको छैटो दिन अर्थात शुक्रबार (आज) पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।

बिहीबार प्रतितोला १ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।

More News last news
Loading...