बाढीको लेदोले मेलम्ची बजार भरियो, प्रहरी कार्यालय र सशस्त्र क्याम्प जोखिममा

सिन्धुपाल्चोक । मंगलबारदेखि परेको अविरल बर्षाका कारण मेलम्ची बजार डुवानमा परेको छ। बाढीपछि जमेका बालुवायुक्त माटोले घरको दोस्रो तलासम्म ढाकेको छ । बाढीले जिल्लाभर १० भन्दा बढी मानिस सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

यस्तै, हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Advertisement

मेलम्चीका सडकहरू बगाएको छ भने मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ।

डिएसपी सापकोटाका अनुसार, मेलम्चीको सशस्त्र क्याम्प जोखिममा परेको छ भने आमा ह्योल्मो बसपार्क बाढीले बगाएको छ। जिल्लाभरको क्षतिको विवररण भने आइसकेको छैन।

More News last news
Loading...