काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुनको भाउ स्थिर छ।
सोमबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। तर असार महिनाको पहिलो दिन भने सुनको भाउ स्थिर रहेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
