गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन्। वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन्।

Advertisement

शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए।

तर विश्वासको मत गुमाएका पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्री पदमा दाबी गरेपछि गण्डकीको राजनीतिले नाटकीय मोड लिएको थियो। सबैले केन्द्रीय राजनीतिमा घटेको घटना गण्डकीमा दोहोरिने आशंका व्यक्त गरेका थिए।

त्यसपछि विपक्षी गठबन्धनको बैठक बसेर सशरीर ३१ जना सांसद प्रदेश प्रमुख कार्यालयमा धर्ना दिन पुगेका छन्। ​नेपाली काँग्रेसले प्रदेश प्रमुखलाई केन्द्रीय राजनीति शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोर्याउन चेतावनी नै दिएको थियो।

More News last news
Loading...