काठमाडौँ । आज आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर छ। नेपाल राष्ट्र बैँकले तोकेको विदेशी विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५० पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ १० पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र विक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ। यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ४९ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ ४४ पैसा रहेको छ।
त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ५८ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ६३ पैसा रहेको छ। यता खाडी मुलुक साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ५५ पैसा र विक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८७ रुपैयाँ र विक्रीदर ३८९ रुपैयाँ रहेको छ।
त्यस्तै, बहराइन दिनारको खरिदर मूल्य ३०९ रुपैयाँ १ पैसा र विक्रिदर मूल्य ३१० रुपैयाँ ६१ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
