काठमाडौँ । तीव्र गतिमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि नेपाली काँङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेलले स्वास्थ्य सामग्री सहयोग गरेका छन्। शनिबार गृह जिल्ला तनहुँका अस्पताल र स्थानीय तहलाई उनले अक्सिजन कन्सन्ट्रेटर सहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।

उनले मास्क अभियान अन्तर्गत यहाँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई चार थान, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई २-२ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
दमौली अस्पताललाई पिपिई लगायतको स्वास्थ्य सामग्री दिइएको पौडेलले जानकारी दिए । उनका अनुसार कन्सन्ट्रेटर सहित ५० हजार सर्जिकल मास्क, ४ सय थान पिपिई, सेनिटाईजर, पञ्जा, फेस लाईट, औषधीका कार्टुन, सरसफाई र चिकित्सकीय सामग्री सहयोग गरे ।

बोधिसत्ता विहार, नेपाल मेडिकल एशोसिएसन लगायतका संस्था र व्यक्तिसँगको सहकार्यमा गृह जिल्लालाई कोरोना नियन्त्रणमा सघाउन खोजेको नेता पौडेलले बताए। मास्क अभियान अन्तर्गत स्वास्थ्य संस्थाको उपचारलाई प्रभावकारी बनाउन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराएको उनको भनाई छ । ‘यी सामग्रीले चिकित्सकीय सुविधा प्रदान गर्नका निम्ति प्रभावकारी बनाउँछ,’ उनले भने।

जिल्लाका स्वास्थ्य संस्थालाई सघाउने उनको प्रतिबद्धता छ । उनले मास्क अभियान अन्तर्गत मास्क लगाउनलाई सचेतना फैलाउने जानकारी दिए । उनले तनहुँका हरेक नागरिकलाई मास्क बाँड्न फेरि एक लाख मास्क लिएर आउने जनाए।
नेता पौडलको पहलमा करिब २५ लाख बराबरको सामान तनहुँका विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहमा वितरण गरिएको हो।नेता पौडलले आफ्नै पहलमा करिब २५ लाख बराबरको सामान तनहुँका विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहमा वितरण गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
