जेठ २७ मा पुनः विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको प्रस्ताव

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव गरेका छन् । वैशाख २७ मा मुख्यमन्त्रीको पुनः सपथ लिएका गुरुङले ठीक एकमहिनापछि जेठ २७ मा विश्वासको मत लिने प्रस्ताव गरेका हुन्।

शनिबार गण्डकी प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारका प्रवक्ता रामशरण बस्नेतले मुख्यमन्त्रीले आउँदो जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव गरेका थिए।

Advertisement

तर प्रतिपक्षी दलहरुले भने मुख्यमन्त्री गुरुङको प्रस्तावप्रति असहमति जनाएका छन्। मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने विपक्षी दलहरुको अडान रहेको छ।

यही कारणले शनिवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक कुनै निर्णयमा नपुगि टुङ्गिएको छ। संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्छ।

गण्डकी प्रदेश सभामा अहिले विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ। तर शुक्रबार अर्थमन्त्री किरण गुरुङ बोलेपछि आइतवारसम्म स्थगित भएको प्रदेश सभा पनि अनिश्चित बनेको छ। प्रदेश सरकारले आउँदो असार १ गते बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ।

More News last news
Loading...