कास्की काँग्रेसद्वारा ‘वीपी विपत् कोष’ व्यवस्थापनका लागि समिति गठन

पोखरा । कास्की काँग्रेसले संचालन गर्ने ‘वीपी विपत् कोष’ को व्यवस्थापन तथा संचालनका लागि जिल्ला सभापति कृष्ण केसीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ।

बुधबारको बैंठकको निर्णय अनुसार, समितिको सदस्यमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदीप मोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल रहेका छन् ।

Advertisement

समितिको सदस्यमा क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, क्षेत्र नं २ सभापति माधव बास्तोलॉ ‘मधु’, क्षेत्र नं ३ का सभापति पोषनाथ शर्मा र पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ रहेका छन् ।

पार्टीले कोष निर्माण गर्ने निर्णय गरेसँगै कोषको व्यवस्थापन तथा संचालनका लागि समिति गठन गरिएको प्रवक्ता सिग्देलले बताए ।

पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने काँग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिए ।

कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, समर्थक गरी २५ हजार बढी परिचालित हुने छन् ।

कास्की काँग्रेसका सभापति केसीले क्षेत्र, प्रदेश, गाउँपालिका, वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेका सबैलाई कोष निर्माणका लागि जुट्न आव्हान गरेका छन् ।

अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई सहयोग गर्ने उद्देश्यले कोष निर्माण गर्न लागिएको काँग्रेसले जनाएको छ।

More News last news
Loading...