आज ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।

बिहीबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुन आज भने प्रतितोला १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।

More News last news
Loading...