आज पनि बढ्यो अमेरिकी डलरसहित धेरै देशको विनिमयदर, कुन देशको कति पुग्यो ?

काठमाडौँ । आज बिहीबार पनि अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विदेशी विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६४ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २४ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ३ पैसा र विक्रीदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ। यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ९३ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ ७८ पैसा रहेको छ।

Advertisement

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ६२ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ। यता खाडी मुलुक साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ २६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिदर ३२ रुपैयाँ ३ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८७ रुपैयाँ ७५ पैसा र विक्रीदर ३८९ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै, बहराइन दिनारको खरिदर मूल्य ३०९ रुपैयाँ ३९ पैसा र विक्रिदर मूल्य ३१० रुपैयाँ ९८ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...